पृथ्वी, धर्मशाला र यात्री

  • जेठ १, २०७९
  • हाम्रो कालापानी
alt

बंशीकुमार शर्मा,
पृथ्वी धर्मशाला हो । धर्मशालामा यात्री, बटुवा, तीर्थालु लगायत सबलाई बस्ने अधिकार हुन्छ । धर्मशालामा प्रकृती प्रदत सबै बस्न पाउने अधिकार हुन्छ । तपाई हामी मात्र यात्री हौं । यात्रीको अर्थ आउनु जानु हो । यात्रा शुरुवात गर्दा सबै समान हुन्छन् । यात्री आउदा जादा बस्दा गर्ने क्रियाकलापमा भर पर्दछ । यात्री कुनै उद्देश्यमा प्रेरित हुन्छ । उद्देश्य, विचार, सोचाई सबै यात्रीको समान नहुन सक्छ । यात्रीको उद्देश्य समान नभएकै कारण धर्मशालामा बाँस बस्न आएकाको चरित्र, सोचाइ, ब्यवहार भिन्न भिन्न भएको हो । यात्रालाई कसरी व्यवस्थित गर्ने कुरा स्वम यात्रीमा भर पर्दछ । यात्रा अवधिभर आफ्नो यात्रालाई व्यवस्थापन गर्ने क्रममा यात्रीले आफ्नो कर्तब्यलाई विर्सन हुँदैन ।

यात्रीले आउँदा जाँदा आफु बसोबास गर्ने धर्मशालाको संरक्षण गर्नु उसको दायित्व पनि हो । तर यात्रीले आफ्नो कर्तब्यलाइ भुलेर आफु बसोबास गरेकै धर्मशालाको पर्खाल, ढोका, छाना भत्काउदै हिडने यात्रीलाई कस्तो संज्ञा दिने । तपाई हामीले नै मुर्ख यात्रीको संज्ञा दिन्छौ । हो कतै तपाई हामी पनि मुर्ख त छैनौ सोच्नु पर्ने भएको छ । बास बस्ने यात्रीले त विद्यमान रहेको संरचनालाई संरक्षण गर्दै सहयोग पु¥याउने हो, तर संरक्षण र सहयोग पु¥याउनेको सट्टा यात्रीले विधवंश गरिरहेका छन् । यात्रीले आफ्नो यात्रा भरि भोगेका व्यहोरिएका घटना, परिघटना तथा अनुभूतिहरुको संगालो नै ज्ञान हो । ज्ञानलाई कुन रुपमा प्रयोग गर्ने भन्ने कुरा उसको विबेकमा भर पर्दछ उसले कस्तो ज्ञान प्राप्त ग¥यो या गर्न चाहेको छ । यी सबै यात्रीमा नै निर्भर गर्दछ । यात्रीले आफ्नो यात्रालाइ कुन रुपमा लैजाने उसको विबेकमा भर पर्दछ

प्रकृति र भूमि मान्छेका सृष्टि होईनन् । मान्छेले सूर्य पृथ्वी चन्द्रमा केहि बनाएको छैन्, बनाउन सकेको छैन, बनाउन पनि बनाउदैन, मानिसलाई अत्यावश्यक पर्ने घाम पानी हावा केही नयाँ बनाउन सकेको छैन । मान्छेले प्रकृति प्रदत हावा, पानी, घाम, ढुगां, माटो, खनिज, हरियालि केही पनि बनाएको होइन । यी बिना मानिस जिवित रहन सक्दैन् तर मान्छे विना यी सबै प्रकृति प्रदत सृष्टि रहन्छ । कस्तो विडम्वना जो बिना मानिस एक छिन पनि जिवित रहन सक्दैन त्यसैको विनास मानिसले गरिरहेको छ । प्रकृतिले सृष्टि गरेका सबै प्राणिलाई बाँच्ने अधिकार छ । सबैको अस्तित्व आवश्यक छ । सबैको अस्तित्व भएन भने संसार कुरुप हुने छ । त्यसबेला मानिसको अस्तित्व पनि समाप्त हुनेछ । यस्तो जान्दा जान्दै पनि किन मानिसले प्रकृतिले प्रदान गरेका सम्पदाहरूलाई जथाभावि नष्ट गरिरहेका छन् । यसको वनोवट, संरचना र सन्तुलन बिगार्ने अधिकार कसैले पनि दिएको छैन । दिनु पनि हँुदैन, विकासको नाममा विनाश गर्दै जाने हो भने प्रकृतिले कति सम्म पु¥याउने ।

प्राणी जगतलाई प्राण दिने प्रकृति प्रदत सम्पदालाई प्राणी जगतकै सर्बश्रेष्ठ प्राणी मानवले नै विध्वंश गरिरहेका छन । पशुपंक्षि, किटपतङ्ग, हरियालि कसैले पनि आफ्नो कर्तब्य छोडेका छैनन् । कर्तब्य नै धर्म हो यी सबै धर्ममा अडेका छन् । केवल आफ्ने कर्तब्य र धर्म छोडने बुद्धि विबेक भएको मानिने मान्छे मात्र हो । मान्छेले आफ्नो कर्तब्य भुलेर आफ्नो आयु आफै छोटाउदै छ आफ्नो भाग्य आफै गुमाउदै छ । यति मात्र नभएर मानवले विश्वलाई प्रलयको संघारमा पु¥याएको छ ।

कर्तव्य रहे धर्म रहन्छ धर्म रहे सृष्टि रहन्छ । जब मानवले कर्तब्य पालना गर्दछ तब धर्म गरेको ठहरिन्छ । त्यही धर्म हराएकै कारण मानव अबिवेकि बन्दै गएको छ । अविबेकि मानिसले गरेको कामको नतिजा भाबि पुस्ताले भोग्नु पर्दछ । तसर्थ भावि पुस्ताको यात्रा सुखमय बनाउने या दुखमय बनाउने जिम्मेवारी तपाई हाम्रो यात्रामा निर्भर गर्दछ । सर्वश्रेष्ठ प्राणी भएको नाताले सबै प्राणीजगत, सृष्टि कै चिन्तन गर्नु हाम्रो कर्तव्य हो । सृष्टिले अपार शक्ति हामीलाई उपहार दिएको छ । सृष्टि प्रदत वस्तु धातु रसले बनेको बस्तु अमृत छ अनि त्यहि धातु रसले बनेको बस्तु विख छ । अब हामीले अमृत वस्तु उत्पादन गर्ने या विख बस्तु उत्पादन गर्ने त्यस तर्फ हामीले सोच्न सकेनौ भने सदाका लागि हामी अपराधि ठहरिनेछौ ।

हाम्रो यात्रा अपराधिमा परिणत हुनेछ । तसर्थ प्रकृतिको यति महान योगदान प्रति ऋणि भएर विबेकि प्राणीको नाताले प्रकृतिको संरक्षण सम्भारका लागि सदैब प्रण गर्नै पर्छ । तर मानिसले आफ्नो प्रण कर्तब्य, जिम्मेवारी सबै भुल्दै जाने हो भने भोलिको स्थितिको कल्पना समेत गर्न सकिदैन । त्यस्तो स्थिति आउन नदिनको लागि आजै देखि सचेत हुनु पर्दछ । हुन त मानिस यति स्वार्थी भएर बाचेको छ । उसले आफु र आफनो बाहेक अरु कुरा देखेकै छैन या जानेकै छैन । यदि सबै प्रकृति प्रदत बस्तु हाम्रै लागि हुन र हामी सबै पृथ्वीका सन्तति हौ भन्ने ज्ञान हुने हो भने संसारमा सबै जीवित भएर बाँच्न सक्ने छन । जिउनु मात्र जीवित होईन । जीवित हुनलाई धेरै कुराले प्रभाव पार्दछ ।

एउटा कथन छ मानिस खानालाई बाँच्ने कि बाँच्नलाई खाना खाने तसर्थ खाना खानको लागि बाँच्नु के बाँच्नु त्यस्ता जीवित व्यक्तिको अस्तित्व नै केहि हुँदैन उत केवल जीवित मुर्दा सरह हो । त्यसैले मानिस खाना खानलाई बाँच्ने होइन बाँच्नलाई या भौतिक शरिरलाई शक्ति प्रदान गर्नका लागि खाना खानु पर्दछ । त्यसैले सधै भन्ने गरिन्छ मानिस जति बेला सम्म पृथ्वीमा यात्रा गर्छ त्यसबेला सम्म सत्य, प्रेम, करुणा, न्यायरुपि भएर बाँच्नु पर्दछ । सदैव विश्व धर्मशाला नभत्कियोस भनेर कामना गर्नु पर्दछ । यदि विश्व धर्मशाला भत्केर हाम्रा सन्ततिले बस्न नपाउने हुन भन्ने चिन्ता गर्नु पर्दछ ।

हाम्रा भावि पीढिले भोलि अझ बढी दुःख नपाउन भन्नको लागि सृष्टिलाई संरक्षण संभार गर्नुपर्दछ । प्रकृति प्रदत बस्तुको विनाशले क्षणिक लाभ हुन सक्छ । त्यहि क्षणिक लाभको आर्कषणले र हाम्रो अहंकारले गर्दा ठुलो त्रुटि भएको छ । आफुले गरेको त्रुटिलाई सुधार्नु पनि महानता हो । भुल सुधार गर्नु नै विबेक परिचय हो । विश्व धर्मशालामा बास बस्न आएका यात्री भर सृष्टिको संरचनालाई विध्वशं नगरि संरक्षण सम्वद्र्धन र सहयोग गरौ यसैमा नै हाम्रो यात्रा सफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचथरमा बेपत्ता तीन ...

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत ...

नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved