वीरगञ्ज बजार बन्द, चहलपहल न्यून ( फोटो फिचर )

  • चैत्र ११, २०७६
  • हाम्रो कालापानी
alt

आरोहण शाह
वीरगञ्ज ११ चैत : सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । तर वीरगञ्जमा बजार बन्द हुदा पनि मानिसहरुको चहलपहल थोरै मात्रमा भईरहेको छ ।90922692_2563687330554023_597298413205192704_n

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार देशभरि बिहानैदेखि लकडाउन सुरु भएपनि वीरगञ्जमा मानिसहरुको चहलपहलमा कमि आएको छैन ।91007962_241230700609527_5952159128418779136_n

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् तर अहिले पर्साको ग्रामिन क्षेत्रमा मोटरसाइक थोरै मात्रमा चलिराहेको छ ।91181623_224971255534456_392928153976176640_n

वीरगञ्ज क्षेत्रमा पसलहरु बन्द भएपनि मानिसहरु हिडदै छन । यता वीरगञ्ज भन्सार पनि सुनसान बनेको छ । सिमा मा सुरक्षाकर्मी काडा बनाइएको छ ।90922692_2563687330554023_597298413205192704_n

यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।91067336_886387991810878_6559546501406654464_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved