कैलाली उद्योग वाणिज्य संघको मतगणना जारी, कुँवर प्यानल अगाडि

  • जेठ २९, २०७९
  • हाम्रो कालापानी
alt

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ४०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर २४५ मतका साथ अगाडि छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र राठी १३१ मतका साथ उनलाई पछ्याइ रहेका छन्। महासचिवबाहेक सबै पदमा कुँवर प्यानलकै उम्मेदवार अगाडि छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले २०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले १६४ मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल २१९, उनका प्रतिस्पर्धी घनश्याम चौधरी १३५, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल १९०, प्रकाशचन्द्र भट्ट १५८, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त १९२, केशवदत्त पाण्डेय १५२, महासचिवमा सिद्धराज पनेरु १७९, ओमबहादुर विष्ट १७८, कोषाध्यक्षमा भीमराज ओझा अब्बु २५०, रंजनकुमार शर्मा १०६, र सचिवमा सुरेश पाण्डेय १३६, महेन्द्रकुमार सिंह ११७ र जयराज न्यौपानेले ८६, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved