धनगढी उपमहानगरमा श्रृंखलाबद्ध चोरीका घटना, प्रहरी सक्रियतामाथि प्रश्न

  • जेठ २९, २०७९
  • हाम्रो कालापानी
alt

धनगढी । बिहीबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेट नजिक भट्ट होटल एण्ड फास्ट फुड्मा चोरी भयो । चेतराज भट्टले सञ्चालन गर्दै आएको उक्त होटलबाट २८ हजार नगद रुपैयाँसहित केही सामान चोरी भएको थियो । उनको होटलको पछाडिको सानो झ्यालबाट चोरी भएको हो । ‘गल्लामा २८ हजार चार सय रबर लगाएर राखेको थिए।

बाँकी खुल्ला सय, ५०, १०, २० का नोट गनेको थिएन । ३/४ आइसी पनि थिए, त्यो रबर लगाएर राखेको थिए’ भट्टले भने, ‘चाबी खोलेको छ । उनीहरु बसेका पनि रहेछन्। चिसो र बियर९रक्सी० खाएका छन् ।’

उक्त पसलसहित सहिदगेट क्षेत्रका पाँच पसलबाट एकै राति चोरी भएको छ। चोरीमा संलग्नहरु ८ वटा पसलमा पसेका भए पनि पाँच पसलमा मात्र चोरी भएको छ । सबैभन्दा बढी अनिल गुरुङले सञ्चालन गरेको स्टिकर पसलबाट ५० हजार चोरी भएको छ। उनको पसलको पछाडिको भेन्टीलेशनबाट नै चोर भएको छ ।

यस्तै हिरासिँह साउँदले सञ्चालन गरेको रिलायन्स स्टिकरबाट १० हजार र अन्य पसलबाट सामानहरु चोरी भएका छन् । गंगा इम्पेक्सका सञ्चालन ईन्द्र भट्टले रातिको १२(१ बजेको समयमा चोरी भएको बताए। उनले भने, ‘पहिला मेरो पसलमा छिरेका जस्तो लाग्यो। मेरो पैसा राख्ने घर्रा भाँचेको छ । तर हामीले पैसा राखेका थिएनौं। चार/पाँच जोड लुगाहरु र सामान लगेका छन ।’ चार दिन पहिले मात्र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा चोरी भएको थियो।

वडा नम्बर १२ का रमेश तामाङको घरबाट फ्रिज लगायतका सामग्रहीहरु चोरी भएका हुन् । धनगढीको घुँइयाघाट क्षेत्रमा पनि चोरीका घटनाहरु हुँदै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शेरबहादुर महराले बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved