विद्युतीय रेल मार्गका नाममा रोक्का गरिएको जग्गा तत्काल फुकुवा गर्न लिङ्देनको आग्रह

  • जेठ २७, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वपश्चिम विद्युतीय रेल मार्गको नाममा काँकडभिट्टा ईनरुवा खण्डमा रोक्का गरिएको जनताको जग्गा तत्काल फुकुवा गर्न सरकारसंग आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभको बैठकमा शुन्य समयमा आफ्नो धारण राख्दै अध्यक्ष लिङदेनले पूर्वपश्चिम विद्युतीय रेल मार्गको काँकडभिट्टा ईनरुवा खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण यो वर्ष पनि नहुने देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन। मुआब्जा वितरणका लागि सरकारले आवश्यक रकम नछुट्याएकाले जग्गा फुकुवा गर्नु पर्ने उनको भनाई छ। उनले यसमा ६०५ हेक्टर जग्गाका लागि मुवाब्जा वापत करिब २५ अरब रुपैया आवश्यक पर्ने अनुमान गरिएकोमा सरकारले मुवाब्जा प्रयोजनका लागि १ अरब मात्रै रकम छुट्टयाएकाले यस वर्ष पनि मुवाब्जा वितरण कार्य नहुने तर्क गर्दै रोक्का राखिएको जनताको जग्गा तत्काल फुकुवा गर्ने व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराए ।

पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको दशक नाघिसकेको छ। ९४५ किमि दूरीको यो आयोजना आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको हो भने विस्तृत परियोजना प्रतिवेदन २०७५/७६ मै तयार भएको थियो । तर कामले भने अहिलेसम्म गति लिन सकेको छैन ।

पूर्वपश्चिम राजमार्गको दुईदेखि अढाइ किलोमिटर दक्षिणतर्फबाट रेलमार्गको निर्माण गर्ने प्रस्ताव गरिएको छ। रेलमार्ग र विद्युतको प्रसारण लाइनले ६ सय ३५ दशमलव ७७ हेक्टर जमिन ओगट्ने अनुमान आयोजनाले गरेको छ। आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्दा चार हजार घरधुरीको पाँच सय १८ कित्ता जग्गा लिनुपर्नेछ।

विद्युतिय रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्डमा मात्रै १ सय ६ किमि दूरीमा करिव ७६० बिघा जग्गा पर्छ । यो क्षेत्रमा मुआब्जाका लागि आर्थिक वर्ष २०७७/७८ मा मूल्यांकन गरिएको दर २४ अर्ब ४१ करोड रुपैयाँ छ । तर, मुआब्जाको समस्या अझै टुंगिएको छैन । मुआब्जा वितरणका लागि रकम अपुग हुने भन्दै रेल विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा बजेट सुनिश्चितताका लागि केही समय अगाडि लेखि पठाएपछि त्यसको सुनुवाई हुन सकेन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved