सार्वजनिक ठाउँमा धर्मबारे बोल्दा सचेत हुन शीर्ष नेतालाई भाजपाको निर्देशन

  • जेठ २५, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले सार्वजनिक ठाउँमा धर्मबारे बोल्दा अत्यन्त सचेत हुन आफ्ना शीर्ष नेतालाई निर्देशन दिएको छ । पार्टीका प्रवक्तासहित दुई नेताले मुसलमान धर्मका प्रवर्तक मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको भन्दै कैयौँ मुस्लिमले विरोध गरेपछि भाजपाले यस्तो निर्देशन दिएको हो ।

भाजपाले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा सहभागी हुने अनुमति पाएका पार्टीका तीस जनाभन्दा बढी पदाधिकारी र केही सङ्घीय मन्त्रीलाई धर्मसम्बन्धी प्रतिक्रियाका बारेमा मौखिक प्रशिक्षण दिएर सचेत हुन निर्देशन दिएको रोयटर्सले जनाएको छ । इस्लाम विरोधी टिप्पणी दिएकोमा विवाद बढेपछि भाजपाले प्रवक्ता नूपुर शर्मा र दिल्ली मिडिया सेल प्रमुख नवीनकुमार जिन्दाललाई पार्टीबाट निष्कासनसमेत गरेको छ ।

मुस्लिम बाहुल्यता भएका देशहरूको विरोधका कारण भाजपाले सतर्कता अपनाउन सुरु गरेको अलजजिराले जनाएको छ । गएको हप्ता अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदन सन् २०२१ मा भारतभर अल्पसङ्ख्यक समुदायका सदस्यहरूमाथि आक्रमण भएको उल्लेख हुनुका साथै भाजपाका नेताबाट इस्लाम विरोधी टिप्पणी सार्वजनिक हुन थालेपछि मुस्लिम देशहरूसँग भारतको कुटनीतिक सम्बन्ध बिग्रन थालेको छ ।

भारत सरकारले भने नेताको टिप्पणीमा भारत सरकारको भनाइ नजोडिने भन्दै सरकारले सबै धर्मप्रति समान व्यवहार गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved