यस्तो छ ज्ञोनेन्द्र शाहिको भन्दै आपत्तिजनक भाइरल भिडियोको वास्विकता

  • जेठ २५, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का एक नेताको आपत्तिजनक भिडियो भाइरल भइरहेको छ ।

सामाजिक अभियान्ता समेत रहेका राप्रपा प्रवत्ता ज्ञानेन्द्र शाही भएको दाबीसहित एक भिडियो भाइरल गराइएको हो ।

मान्छेहरुले कुनै पनि सोधखोज नगरी हचुवाका भरमा शाही कुनै केटीसँग मस्ति गरिरहेको भन्दै भिडियो लिक गरिरहेका छन् । जानकारी अनुसार माओवादी केन्द्र निटक व्यक्तिहरुले सो भिडियो बाहिर ल्याएका हुन् ।

राप्रपा समर्थक अरुण नेपाली लुइँटेलका अनुसार भाइरल गराइएको भिडियो ज्ञानेन्द्र शाही त के कुनै नेपाली नागरिकको पनि होईन् । भिडियोमा देखिएकाहरु फिलिपिन्सका हुन् ।

फिलिपिनोको टिकटक भिडियोलाई केही माओवादीहरुले ज्ञानेन्द्र शाही भन्दै भ्रम फैलाइरहेको लुइँटेलले जानकारी दिएका छन् । टिकटकमा हेर्दा पनि यो भिडियो नेपालको नभएको खुलेको छ ।

केही अन्य व्यक्तिहरुका अनुसार यो भिडियो फिलिफिन्सको नभई इन्डोनेशियाको हो । हास्य कलाकार मनोज गजुरेलकी पुर्वपत्नी मीना ढाकालले पनि यो भिडियो साझा गरेकी थिइन् । पत्रकार सुनिल श्रेष्ठले पनि ज्ञानेन्द्र शाहीको नाम जोडेर भाइरल गराइएको भिडियो सत्य नभएको भन्दै एक लिक साझा गरेका छन् ।

केही अन्य व्यक्तिहरुका अनुसार यो भिडियो फिलिफिन्सको नभई इन्डोनेशियाको हो । हास्य कलाकार मनोज गजुरेलकी पुर्वपत्नी मीना ढाकालले पनि यो भिडियो साझा गरेकी थिइन् । पत्रकार सुनिल श्रेष्ठले पनि ज्ञानेन्द्र शाहीको नाम जोडेर भाइरल गराइएको भिडियो सत्य नभएको भन्दै एक लिक साझा गरेका छन् । मलेशियातिरको भिडियो हुनसक्ने अनुमान पनि गरिएको छ । तर एउटा कुरा के साँचो हो भने यो भिडियो ज्ञानेन्द्र शाहीको भने होईन् ।

राप्रपामा ज्ञोनेन्द्र शाही प्रवेश गरेदेखि नै शाहीको पछाडी एउटा गिरोह उनको बदनाम गर्न लागि परेको छ । शाही संगै थुप्रै अभियन्ताहरु राप्रपा प्रवेश गर्ने कार्य तिव्र भएको र चाँडै नै राप्रपा देशको वैकल्पिक शक्तिका रुपमा उदाउने संकेतको विरुद्ध थालिएको कदम हुनसने पनि कतिपय विश्लेषकहरु बताँउछन् ।


गलत सूचना सम्प्रेषण गरेर कसैको चरित्र हत्या गर्ने काम गर्नु नेपालको कानून अनुसार अपराध हो । अपराधिक कार्यमा सम्लग्न नहुनुहोस् । उक्त भिडियो सेयर गर्न अहिलेबाट नै छोड्नुहोस् । अन्यथा तपाइ अर्काको मानहानी गरेको आरोपमा प्रहरीको कारबार्हीमा पर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved