काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तरक्रिया गरेको छ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा नाइजेरियाको नेसनल डिफेन्स कोर्समा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बर सम्मिलित २२ सदस्यीय भ्रमण दलका सदस्य तथा नेपाली सेनाका उच्च अधिकारीको सहभागिता रहेको थियो। ‘टुरिजम डेभलपमेन्ट इन लेसन फर नाइजेरिया’ भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको एनडिसीको २०७९ जेठ २२ गतेदेखि नेपाल भ्रमणमा रहेको छ। उक्त भ्रमण दललाई नेपालका पर्यटनसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको थियो।
सोही अवसरमा एनडिसीको टोलीलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल भौगोलिक विधितायुक्त सुन्दर देश भएको उल्लेख गर्दै नेचर कल्चर र एडभेन्चर यी तीनै सबै खालका पर्यटकीय गतिविधिका लागि विश्वभरबाट पर्यटक आउने गरेको बताए। उनले नाइजेरियाली सेनासँगको अन्तरक्रियाबाट त्यहाँबाट नेपाल आउन चाहने नाइजेरियाली पर्यटकका लागि थप सूचना सम्प्रेषण हुने बताए।
उक्त भ्रमण टोलीका प्रतिनिधिमण्डलका प्रमुख ब्रिगेडियर जनरल अल्चेनु माइक अल्चेनुले नेपाली सेना र नाइजेरियाली सेनाका बीचमा आफ्नै खालको सम्बन्ध रहेको उल्लेख गर्दै यो अन्तरक्रियाबाट नेपालको पर्यटनबारे धेरै जान्ने मौका मिलेको र यसले भोलिका दिनमा जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताए।
यस्तै नाइजेरियाका सेनाका ब्रिगेडियर जनरल आरटी उत्साहले बोर्डले आयोजना गरेको कार्यक्रमबाट नाइजेरियाली सेनाले नेपालको पर्यटनका बारेमा धेरै जान्ने मौका मिलेको बताउँदै नेपालको आतिथ्यता साँच्चिकै प्रशंसनीय रहको प्रतिक्रिया दिए।
जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको उक्त भ्रमण दलले शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीयस्थल एवं सोसँग सम्बन्धित निकायको भ्रमण सम्पन्न गरी मिति २०७९ जेठ २८ गते नाइजेरिया फिर्ता हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved