काबुलमा एक महिनाको अवधिमा २ हजार पक्राउ

  • जेठ २४, २०७९
  • हाम्रो कालापानी
alt

काबुल । अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो एक महिनाको अवधिमा दुई हजार जना पक्राउ परेका छन् । प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । राज्य सञ्चालित बख्तर समाचार संस्थाले आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्नेसम्मका ८ सय ५९ मुद्दा दर्ता भएका र करिब २ हजार जना पक्राउ परेको जनाएको छ ।
तर कतिपयले भने तालिवान नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साध्न कतिपयलाई पक्राउ गरिएको दाबी गरेको छ । अफगानिस्तानमा अगस्त १५ मा तालिवान समूहले सत्ताकब्जा गरेपछि सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्ताहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने गरिएको अधिकारकर्मीहरूको भनाइ छ । पक्राउ परेकालाई झूटा मुद्दा लगाइएको र अनावश्यक तनाव दिने गरिएको विपक्षी समूहहरूको दाबी छ ।

तर देशको अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै विभिन्न आपराधिक समूहहरू सक्रिय भएको सरकारी अधिकारीहरूको दाबी छ । प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै अनुसन्धान भइरहेको बताइएको छ । तालिबान सरकारले महिला अधिकारमाथि बन्देज लगाएपछि पश्चिमा देशले कडा आलोचना गर्दै अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा भारी कटौती गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved