कैलालीमा सत्ता गठबन्धनमा दरार, एमाले र माओवादी मिलेर समन्वय समिति

  • जेठ २०, २०७९
  • हाम्रो कालापानी
alt

धनगढी । कैलालीमा जिल्ला समन्वय समितिको चुनावमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो। त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए।

३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ । माओवादी केन्द्र कैलालीका समन्वय समिति प्रमुख लाजुराम चौधरीले पनि सो सहमति भएको पुष्टि गरे। १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मतभार छ। जितका लागि १४ मतभार आवश्यक पर्छ।

बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुग्ने भएको छ। कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७, एमालेको ५ र माओवादीको ४ मत छ। बिहीबार भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डित, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा एमाले उपाध्यक्ष दुर्गा जोशीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved