शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

  • जेठ १५, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।

उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको बताए । आगामी आर्थिक वर्षमा कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने बजेट बक्तव्यमा उल्लेख छ । उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

 शिक्षामा पहुँच विस्तार गर्ने, तथ्य र विज्ञानमा आधारित शिक्षाको प्रवर्द्धन गरिने, प्रदेश र पालिकाको सहकार्यमा रोजगारीमूलक जीवनोपयोगी शिक्षा प्रदान गरिने उल्लेख छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यका साथ विद्यार्थीलाई कक्षाकोठाबाटै व्यावसाययिक ज्ञान र सीप प्रदान गरिने बजेटमा उल्लेख छ ।

अहिले एक सय ४० वटा विद्यालयमा सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम थप एक सय वटा विद्यालयमा विस्तार गरिने उल्लेख छ । यस्तै मेडिकल शिक्षा अध्ययनमा विदेशी विद्यार्थीलाई आकर्षित गर्न मेडिकल कजेल स्थापना गरिने बजेटमा उल्लेख छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आउँदो वर्ष एक हजार दुई सय विद्यालयको प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गर्न आठ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved