एमाले अध्यक्ष ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

  • जेठ २, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन्। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ।

अघिल्लो निर्वाचनमा पनि यो वडामा कांग्रेसले बाजी मारेको थियो। कांग्रेसका कमलनाथ आचार्यले एमालेका रवि श्रेष्ठलाई १३ मतले पराजित गरेका थिए। यसपटक भने कांग्रेसले मतान्तर बढाएको छ। अहिले एमालेबाट वडाध्यक्षमा पराजित विष्ट त्यति बेला वडा सदस्य निर्वाचित भएका थिए। एमाले अध्यक्ष वलीले वडा नं। २ बालकोटस्थित महेन्द्र शान्ति केन्द्रमा मतदान गरेका थिए। उनको निर्वाचन क्षेत्र झापा भए पनि भक्तपुरको बालकोटबाटै मतदान गर्ने गरेका छन्।

सूर्यविनायकको मेयरमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ। कांग्रेस उम्मेदवार निशान ढुंगेलले ३ हजार १३१ मत पाउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका उम्मेदवार वासुदेव थापाले २ हजार ७६० मतसहित पछ्याइरहेका छन्। उपमेयरमा भने एमालेकी सरिता भट्टराईले अग्रता बनाएकी छिन्। उनले २ हजार ८२३ मत पाउँदा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १ हजार ४४८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved