रामधुनी २ मा नेकपा एमालेका रामनारायण चौधरीको प्यानल नै विजयी

  • जेठ २, २०७९
  • हाम्रो कालापानी
alt

विनोद आचार्य, सुनसरी । रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरीको प्यानलै विजयी भएको छ ।रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत पाएका छन् ।

यसैगरी नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।

यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा माओवादी केन्द्रकी उम्मेदवारले १३० मत प्राप्त गरेका छन् ।

यसैगरी खुल्ला सदस्यमा पनि एमालेले भारी मतान्तरले जीत निकालेको छ । दुवै खुल्ला सदस्यमा एमालेका उम्मेदवारले १हजार ६१० र १ हजार ५ सय ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७५५ र ९२५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved