उत्तर कोरियामा कोरोना महामारी फैलियो, देशव्यापी लकडाउन

  • बैशाख २९, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएको छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण फैलिएको हो । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो ।

अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै महिना फैलिएको संक्रमणले त्यहाँ मानवीय संकट ल्याउने खतरा औंल्याइएको छ । तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताएपनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दो प्रयास गरिएको जनाइएको छ ।

सर्वोच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा अचुक लकडाउन लागू गर्न आदेश दिएको पनि समाचारमा जनाइएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकले संक्रामक रोग नियन्त्रण विभागको लापरबाही र अक्षमताले कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved