श्रीलंकामा चरम आर्थिक संकट, निशानामा नेताका घर र सार्वजनिक साधन हेर्नुस फोटो फिचर

  • बैशाख २८, २०७९
  • हाम्रो कालापानी
alt

एजेन्सी । श्रीलंकामा आर्थिक संकटले इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्। प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका कारण आठ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन्। सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ।

त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्‍याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ।

प्रदर्शनकारीले सत्तारुढ दलका नेताहरुको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन्। राष्ट्रपतिको आधिकारिक आवास क्षेत्र वरपरका घरमा पनि आगजनी गरिएपछि ठूलो संख्यामा प्रहरी र सेनाको आपतकालीन शक्ति तैनाथ गरिएको छ।

lanka-3_J3mgmPbJ3D lanka-6_1XBYFRmSkT lanka-_kZCOD5Xrg4 lanka-1_EfIrZNkUMB (1) lanka-2_Yq0WACKPQL lanka-1_EfIrZNkUMB lanka-7_tlM5cMP0UE lanka-8_mBwNIoQzFx lanka-13_qNhrjia0cB lanka-12_PFbiH8Qd0E

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved