श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो

  • बैशाख १३, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडैं । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग पुनकर्जाको विषयमा छलफल थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

श्रीलङ्काले चीनलाई साढे तीन अर्ब डलर तीन बाँकी रहेको छ । चीनको पुरानो ऋण तिर्न सहज बनाउने र नयाँ ऋणको विषयमा छलफल भइरहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नालाका गोदाहेवाले बताएको खबरमा उल्लेख छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि गएको जनवरीमा चीनका विदेशमन्त्रीको भ्रमणका बेला ऋणमा परितर्वन गर्न आग्रह गरेका थिए। मन्त्री गादाहेवाले विश्व बैंकले यसअघि नै सहयोगको वाचा गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोषले श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न सहयोग गर्ने वाचा गरेपछि अरू देश पनि ऋण तथा सहयोगका लागि सकारात्मक बनेको बताए ।

श्रीलङ्काले विभिन्न देश र दातृ निकायलाई ५१ अर्ब डलर ऋण तिर्न बाँकी रहेको छ तर देश आर्थिक सङ्कटमा फसेपछि उसले तत्कालै कुनै पनि ऋण नतिर्ने घोषणा गरेको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा अत्यावश्यक सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । अभाव र महँगीले कयौँ नागरिक गरिबीमा धकेलिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]m / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved