अब उपचारका लागि अस्पताल जाँदा अनिवार्य कोभिडको पीसीआर गर्न नपर्ने

  • फाल्गुन २८, २०७८
  • हाम्रो कालापानी
alt

कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।

अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयले जनाएको छ । यसअघि अस्पताल भर्ना हुँदा र अपरेशन लगायतका उपचार गर्नुपर्दा पीसीआर अनिवार्य चाहिन्थ्यो ।

मन्त्रालयका अनुसार १५ लाखभन्दा धेरैले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाइसकेका छन् । पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म कुल जनसङ्ख्याको ६३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

एक करोड ८६ लाख ३ हजार ४५४ जनाले पहिलो मात्रा र एक करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

r

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved