टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण

  • पुस ३०, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडाैं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

कन्ट्याक ट्रेसिङमा परका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेको भनाइ छ ।

अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने काफ्ले बताउँछन् ।चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी अस्पतालले गरेको छ ।

पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ओमिक्रोन कति दिनसम्म ...

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ । खोपबाट बन्ने प्रतिरोधी क्ष ...

आदेशविपरीत सञ्चालित ...

काठमाडौँ /काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्र रूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्च ...

यात्रुले मास्क लगाउन ...

न्युयोर्क / फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्क ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved