हराइरहेका युवकको शव ओढारमा गाडिएको अवस्थामा भेटियाे : हत्या आरोपमा शिक्षक पक्राउ

  • पुस २९, २०७८
  • हाम्रो कालापानी
alt

बैतडी । मंसिर १५ गतेदेखि हराइरहेका एक युवकको शव ओढारमा गाडिएको अवस्थामा फेला परेको छ । बैतडीको सुर्नया गाउँपालिका-६ खर्काधारका ३० वर्षीय डम्बर अवस्थीको शव घर नजिकैको गुफा (ओढार) मा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफूहरू घटनास्थलमै रहेको र शव सडेको अवस्थामा भेटिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रमेश पालले जानकारी दिएका छन् । स्थानीय हरिश भनिने हरि अवस्थीले देखाएको स्थानमा शव भेटिएको प्रहरी नायव उपरीक्षक पालले बताए । हरि अवथीलाई केही समयअघि विप्लव समूहले आफूलाई अपहरण गरेको थियो । उनलाई बाँकेबाट प्रहरीले सकुशल उद्धार गरेको थियो ।

घरायसी रिसइबीका कारण आफूले नै डम्बरको हत्या गरेको हरिशले स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि हरिशले नै हत्या गरेको हुनसक्ने धेरै आधारहरु फेला पारेको छ । ‘हरिशले नै लोकेशन दिएकाले उनले नै हत्या गरेको खुल्न आएको छ,’ प्रहरी नायव उपरीक्षक पालले भने, ‘शव निकालेर परीक्षणका लागि अस्पताल ल्याउने तयारी भएको छ ।’

हत्या एक्लैले गरेको वा अरु पनि संलग्न रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक समेत रहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ओमिक्रोन कति दिनसम्म ...

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ । खोपबाट बन्ने प्रतिरोधी क्ष ...

आदेशविपरीत सञ्चालित ...

काठमाडौँ /काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्र रूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्च ...

यात्रुले मास्क लगाउन ...

न्युयोर्क / फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्क ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved