सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

  • पुस २६, २०७८
  • हाम्रो कालापानी
alt

बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ ।

झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । ती बिओपीमा खटिने सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए ।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । ‘उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैनन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘रात दिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबै क्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ ।’

उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ । यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने, ‘टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गारइसकेका छौँ ।’

बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएका र उनीहरुलाई सबै क्षेत्रमा परिचालन गर्ने गरिएको छ । सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो ।

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बिओपी स्थापना गरिन लागिएका हुन् । यस्तै सीमा क्षेत्रमा हुनसक्ने अवाञ्चिछत गतिविधि, सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार रोक्न, सीमा क्षेत्रमा हुनसक्ने मानव बेचबिखन जस्ता जघन्य अपराधलाई रोक्न तथा राजस्व चुहावटको निगरानीका लागि बिओपी स्थापना गरिएका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ओमिक्रोन कति दिनसम्म ...

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ । खोपबाट बन्ने प्रतिरोधी क्ष ...

आदेशविपरीत सञ्चालित ...

काठमाडौँ /काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्र रूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्च ...

यात्रुले मास्क लगाउन ...

न्युयोर्क / फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्क ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved