इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित

  • पुस २०, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १-० गोलले हराएको हो ।

खेलको ८२औँ मिनेटमा उल्भ्सका जोआओ माउटिन्होले गरेको गोल नै निर्णायक भयो । त्यसअघि युनाइटेडका क्रिस्टियानो रोनाल्डोले फ्रि–किकबाट गरेको गोल अफसाइड भएको थियो । उल्भ्सले सन् १९८० पछि पहिलो पटक ओर्ल्ड ट्राफोर्डमा जित निकालेको हो । जितसँगै उल्भ्सको १९ खेलमा २८ अङ्क भएको छ ।

उल्भ्स अङ्क तालिकाको आठौँ स्थानमा छ । समान खेलमा म्यानचेस्टर युनाइटेड ३१ अङ्कका साथ सातौँ स्थानमा छ । म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
ओमिक्रोन कति दिनसम्म ...

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा सङ्क्रामक छ । खोपबाट बन्ने प्रतिरोधी क्ष ...

आदेशविपरीत सञ्चालित ...

काठमाडौँ /काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्र रूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्च ...

यात्रुले मास्क लगाउन ...

न्युयोर्क / फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्क ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved