को हुन् राजेन्द्र लिङ्देन ?

भन्छन्, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो ।

  • मंसिर ७, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं। ताप्लेजुङको ढुङ्गे साँघुमा माता धनकुमारी मावों तथा पिता मानप्रसाद लिङ्देनको जेष्ठ सुपुत्रका रूपमा २०२२ साल असोज २२ गते जन्मिएका राजेन्द्र लिङ्देन २०३२ सालमा बसाइँसराइसगैं झापा जिल्लाको गोलधापमा स्थायी बसोबास गरेका थिए । उनको जन्मस्थल एमालेका दिवंगत महासचिव मदन भण्डारीकै जन्मगाउँ हो। प्रहरी सेवामा रहेका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु ९ताप्लेजुङ० मा जन्मेपनि उनको बाल्यकाल भने झापाको हल्दिबारी गाउँपालिका १ मा बित्यो।

झापालाई कर्मथलो बनाएका उनको राजनीतिक जीवन भने विद्यार्थी संगठन (पञ्चायत–समर्थक) राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट सुरु भयो। पछि उनी राष्ट्रिय प्रजातान्त्रिक बिधार्थी संगठनको संथापक अध्यक्ष समेत बने। बि.स. २०४३ सालमा एसएलसि उत्रिर्ण गरे लगत्तै आफ्नै प्रधानाध्यापक त्रिलोचन मैनालीसँग प्रधानपञ्चमा चुनाव लडेका उनी आठ मतले पराजित भएका थिए।

उनको गाउँमा यस्ता सामन्तहरू थिए, जो ऐलानी जग्गाको समेत शुल्क उठाएर गरिब किसानहरूलाई शोषण गर्थे । उनका बुबा तीनीहरूकै विरुद्धमा लड्थे, ‘कम्युनिष्ट नभए पनि तिनै सामन्तहरूसँग लड्दा लड्दै उनको पनि राजनीतिक जीवनको सुरुवात भयो।’

०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर भएपनि आफ्नो गाउँमा भने उनी लोकप्रिय थिए। त्यसैले २०४८ / २०५४ दुवै समयका स्थानीय निर्वाचनमा लिङ्देन राप्रपाको उम्मेदवारका रूपमा गोलधाप गाबिस वडा नं। ३ मा लगातार वडाअध्यक्ष पदमा विजयी भए। माओबादी दन्द्वकालमा माओबादीले बम बिस्फोट गराई घर आगजनीसमेत गरिदिएका थिए । त्यसपछि उनी झापाकै बिर्तामोडमा बसोबास गर्न पुगेका थिए। पछि माओबादी द्वन्द्वकाल सकिएपछि पुनः गोलधापमै बसोबास गदै आएका छन् ।

पटक–पटक माओबादीबाट भौतिक आक्रमणमा परेका लिङ्देनलाई अन्तिम पटक भने मरणासन्न हुनेगरी कुटेर अब मर्यो भन्दै झाडीमा फालिदिएका थिए । सानैदेखि राजनीतिक संगठनमा सकिय लिङ्देनको औपचारिक शिक्षा भने राजनितिक शास्त्रमा एमए सम्म गरेका छन्। राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिबिस सभापति बनेका थिए त्यस बखत लोकपृय काम गरेका कारण जनताको मनमा बस्न सफल भएका हुन् । हाल राप्रपाका महामन्त्री समेत रहेका लिङ्देन राप्रपाको एकमात्र निर्वाचित सांसद हुन् ।

झापा क्षेत्र नं। ३ बाट नेपाली काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै उनी सांसद बनेका हुन्। २०७४ सालको चुनावपछि प्रतिनिधि सभाका १ सय ७५ जना सदस्यले संसद् सचिवालयले तयार पारेको एकै बेहोराको शपथमा हस्ताक्षर गरे। राप्रपाबाट निर्वाचित एक मात्र सदस्य राजेन्द्र लिङ्देन ९झापा० ले पनि त्यही बेहोराको शपथ खाए। तर उनले त्यो शपथ सकिएलगत्तै अर्को पनि शपथ खाए। यो शपथको बेहोराचाहिँ उनी आफैंले लेखेका थिए। जसमा लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह भएको’ उल्लेख गर्दै ‘यस्तो अपराध आफ्ना तर्फबाट नहुने’ प्रतिज्ञा गरेका थिए। उनी टुप्पाबाट पलाएको वा कसैको आशिर्वादले नेता भएका ब्यक्ति होइनन् सानो उमेरदेखि राजनीतिमा संघर्षरत ब्यक्ति हुन्।

फरक प्रकृतिको त्यही शपथका कारण २०७४ को चुनावपछि एकाएक चर्चामा आएका सांसद लिङ्देन यतिबेला फेरि चर्चामा छन्। जातिय आरक्षणको बिरोधी नेताका रूपमा पहिचान बनाएका उनी साधारण जीवनशैली, प्रष्ट बक्ता, राष्ट्रिय स्वतन्त्रता, अखन्डताका लागि अडिक रहेका छन्। लिङ्देन राजसंस्था र हिन्दुराष्ट्रको उपस्थितिमा यो देशको एकता मजबुत हुन्छ देशको सार्वभौमिक्ता सुरक्षित रहने बताउँछन् । राप्रपाको आगामी महाधिवेशन (१५–१७ मंसिर) मा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनको चर्चा चुलिएको हो।

उनी नेपाली राजनीतिक वृतमा एक आशलाग्दो नेताका रूपमा चिनिएका छन् । नेपाल जस्तो न्यून आयश्रोत भएको मूलूकका निम्ति प्रदेश सरकार आवश्यकता नभएको प्रष्ट बताउने लिङ्देन बलियो स्थानीय तह र संघिय सरकार भए राज्यलाई ब्यायभर कम हुने बताउँछन्। परिक्षण भईसकेको ब्यक्तिलाई पटकपटक मौका दिएर समय बर्वात गर्नु भन्दा नयाँलाई एक पटक मौका दिएर हेर्नुपर्ने उनको धारणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

राजाको चासो देश र जन ...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved