नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु

  • मंसिर ७, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । पूर्वी बुल्गेरियाको एउटा नर्सिङहोममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अन्यत्र लगिएको छ।​

रोयाकको पुरानो विद्यालय भवनलाई केयर होममा परिणत गरी उपचार सेवा दिइएको थियो। सोही भवनमा स्थानीय समय अनुसार साँझ ६ बजे बेलुकाको खानाको तयारी भइरहेका बेला अचानक आगलागी भएको हो।

आगलागी भएको भवनको छानाबाट कालो बाक्लो धुँवाको मुस्लो निस्कएको अग्नी नियन्त्रकले बताएका छन्। आगलागी भएको भवनको तल्लो तलाबाट भवनमा फसेका नागरिकलाई उद्दार गरिएको बताएका छन्।

भवनमा कति जना थिए। आगलागीको कारण थाहा हुन सकेको छैन। यस विषयमा थप छानविन र अनुसन्धान हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

राजाको चासो देश र जन ...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved