औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

  • मंसिर २, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ ।

विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

जथाभाबी औषधिको प्रयोग रोक्नका लागि चेतना जगाउन आजदेखि सप्ताहव्यापी सचेतना अभियान सुरु भएको छ । आजदेखि आउँदो ८ गतेसम्म ‘सचेतना फैलाउँदै प्रतिरोध रोकौँ, एन्टीमाइक्रोबियलको प्रयोग सावधानीपूर्वक गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् ।

विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठन, तथा विश्व पशु स्वास्थ्य सङ्गठनको संयुक्त आह्वानमा सन् २०१५ देखि हरेक वर्ष नोभेम्बर १८ तारिखदेखि २४ तारिखसम्म एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभर एन्टीमाइक्रोबियल औषधिले काम नगर्दा बर्सेनि झण्डै सात लाख मानिसको ज्यान जाने गरेको छ ।

जनचेतना नजगाउने हो भने सन् २०५० सम्ममा यो सङ्ख्या बढेर बर्सेनि एक करोडसम्म पुग्ने देखिएको सङ्गठनले जनाएको छ । साथै एकसय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान समेत छ ।

मानव तथा पशु स्वास्थ्य र वातावरण लगायतमा असर पुग्ने बजारमा उपलब्ध औषधिको गुणस्तर मापन गर्न, औषधिको गलत प्रयोगबारे नागरिकलाई जनचेतना जगाउन, डाक्टरको सिफारिस विनाका औषधि प्रयोग गर्नरनगर्न विज्ञको जोड छ । साथै कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेका बेला थप सचेत हुनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जोड छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कांग्रेसको १४ औँ महा ...

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ नेप ...

राप्रपाको केन्द्रीय ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ...

बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved