धनगढीमा आगलागी, करोडको क्षति

  • मंसिर १, २०७८
  • हाम्रो कालापानी
alt

कैलाली । धनगढीको एक पसलमा आगलागी भएको छ । उपमहानगरपालिका–३ बिशालनगरस्थित बिएमबी सप्लायर्समा बुुधबार दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बिएमबी सप्लायर्सको गोदाममा आगलागी भएको जानकारी दिए । उक्त सप्लार्यसको दुई सटर र पछाडीको गोदाममा आगलागी भएको थियो ।

संचालक बिष्णुप्रसाद चटौतका अनुसार गोदामको सामान सबै जलेर नष्ट भएको छ भने दुई वटा सटरमा समेत आगलागी भएको छ । चटौतले आगलागीबाट १ करोड बढीको क्षति भएको बताए । उनले बाहिर काम गरिरहेको अवस्थामा एक्कासी आगो लागेको र करोड बढीको सामान खरानी भएको दुखेसो पोखे ।

आगो लाग्ने बित्तिकै दमकलका लागि खबर गरेको भए पनि दमकल ढिलो आएको उनको गुनासो छ । समयमै दमकल आएको भए ठुलो क्षति नहुने बताए । आगलागीबाट गोदाममा भएको सबै सामान जलेर नष्ट भएका छन । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ...

बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved