रौतहटमा भारतीय नम्बरको कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

  • कार्तिक २८, २०७८
  • हाम्रो कालापानी
alt

रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८/२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो ।

दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् । केहिदिन अघि मात्र बारा पथलैयाबाट मदिरा सेवन गरि फर्किनेक्रममा कार र टिपर एक आपसमा ठोकिँदा ३ जना भारत रक्सौलका युवाहरुको ज्यान गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

राजाको चासो देश र जन ...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved