भारतमा केहीदिनमै कोभिडको खाने औषधिलाई स्वीकृति दिने तयारी

  • कार्तिक २८, २०७८
  • हाम्रो कालापानी
alt

नयाँ दिल्ली । कोभिड–१९ बाट मध्यमदेखि गम्भीर संक्रमण सम्मको अवस्थाबाट जोगाउने ‘मर्क ड्रग मोल्नुपिराभिर पिल’ ९खाने औषधि० लाई भारतले केही दिनमै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन सक्ने कोभिड स्ट्राटजी ग्रुपका निर्देशक डाक्टर राम विश्वकर्माले बताएका छन् ।

सो औषधि कोभिड संक्रमण गम्भीर बन्दै जान सक्ने जोखिममा रहेका वयश्कहरुका लागि प्रयोग गरिने उनले बताए । उता अर्को कम्पनी फाइजरले ल्याएको त्यस्तै खाने पिल स्वीकृत हुन चाहिँ अझै केही समय लाग्ने बताइएको छ ।
यी दुवै औषधिले महामारीको असरमा उल्लेखनीय सुधार ल्याउन सक्ने र आगामी दिनहरुमा खोप भन्दा महत्वपूर्ण साबित हुने समेत उनको दाबी छ ।

मोल्नुपिराभिर औषधि सम्बन्धी डाटा निरीक्षकहरुकहाँ पुगिसकेको हुनाले छिटै स्वीकृत हुने सम्भावना रहेको उनले बताए ।
उता फाइजरको क्लिनिकल ट्रायल अनुसार यसको ‘प्याक्सलोभिड’ नामक औषधिले पनि संवेदनशील वयश्कहरुमा कोभिडबाट अस्पताल भर्ना हुने या मृत्यु हुने जोखिमलाई ८९ प्रतिशतले कटौति गर्न सक्छ ।

मर्कले चाहिँ पाँचवटा कम्पनीसँग सम्झौता गरिसकेको छ । मूल्यका बारेमा उनले सुरुवातमा यसको प्रति एक साइकलको उपचारका लागि २ हजार देखि ३ हजार या ४ हजार भारतीय रुपैँयासम्म लाग्न सक्ने र पछि तल झरेर ५०० देखि ६०० या १ हजार रुपैँयासम्म पुग्ने बताएका हुन् ।

मर्कको प्रति एक उपचार कोर्सका लागि अमेरिकी सरकारले चाहिँ ७१२ डलर तिर्ने बताएको छ । र यसले कम आयदर भएका मुलुकहरुमा कम मूल्यमा निर्माण गर्ने तयारी गरिरहेको छ । यस अन्तर्गत भारतमा पनि यसको निर्माण सुरु हुने बताइएको छ । एनडीटिभी बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुरुण्डीको कारागारमा ...

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ। आगलागीम ...

विवाह पञ्चमी आज ...

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र स ...

राजाको चासो देश र जन ...

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहका सम्वाद सचिव फणिराज पाठकले जनताको इच्छा र अकांक्षाका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved