नर्वेमा तीर आक्रमण : ५ जनाको मृत्यु, २ जना घाइते

  • आश्विन २८, २०७८
  • हाम्रो कालापानी
alt

नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् । राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो ।

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो । प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ ।

प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् । आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ । प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

एक प्रत्यक्षदर्शीले टीभी२ सँग कुराकानी गर्दै उनले एक व्यक्तिलाई धनुष र तीर बोकेको देखेको र त्यसपछि मानिसहरु भागभाग भएको बताइन् । अधिकारीहरूले आक्रमणकारीले घटनामा अन्य हतियारको प्रयोगबारे पनि अनुसन्धान गरिरहेका छन् । यसअघि सन् २०११ मा नर्वेमा भएको आतंकवादी हमलामा ७७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved