जि–२० राष्ट्रले अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने

  • आश्विन २७, २०७८
  • हाम्रो कालापानी
alt

एजेन्सी । अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन ।

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह ‘जि–ट्वावान्टी’ को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफ्गानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन अरबौं डलर सहायता चाहिने आवश्यकता औल्याए ।

उनीहरुले सहयोगको लागि अन्य मुलुकहरुलाई समेत आव्हान गरेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा छोड्न नहुने बताए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफ्गानिस्तानको तालिवान शाषकलाई नभएर अफ्गान नागरिकको लागि स्वतन्त्र दातृ निकाय र संगठनमार्फत सहयोग गर्नुपर्ने बताए ।

गत अगस्टमा अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि मानविय संकट उत्पन्न भएको छ । तत्कालका लागि औषधि र खानाका लागि ठूलो सहयोग आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved