फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा नेदरल्यान्ड्सकोे फराकिलो जित

नेदरल्यान्ड्ससँग जिब्राल्टर ६–० गोल अन्तरले पराजित

  • आश्विन २६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ६-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे । यस्तै कप्तान भिर्जिल भान डाइक, डेन्जेल डुम्फ्राईज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे । खेलको नवौं मिनेटमा डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

मेम्फिसले २१ औं मिनेटमा गोल गर्दा नेदरल्यान्ड्स २–० ले अघि रह्यो । पहिलो हाफमा इन्जुरी समयमा मेम्फिसले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाए । ४८ औं मिनेटमा डेन्जेलले नेदरल्यान्ड्सका लागि चौंथो गोल गरे । खेलको ७५ औं मिनेटमा डान्जुमाले गोल गर्दा नेदरल्यान्ड्स ५-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई ६–० को जित दिलाए ।

जितसँगै नेदरल्यान्ड्सले ८ खेलमा १९ अंक जाड्दै समूहको शीर्ष स्थानमा रहेको छ । अंक विहीन जिब्राल्टर तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved