गठबन्धनका दलले टुंग्याए मन्त्रालय बाँडफाँट, झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै

  • आश्विन २२, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेसँगै आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरी शपथ गराउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको हो। बिहीबारको बैठकमा जुटेको ’सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइनेछ।

बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्। यसअघि नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने सहमति भएको भनिए पनि गठबन्धनका नेताहरु कांग्रेसलाई थप मन्त्रालय दिन सहमत भएका हुन्।

बिहीबारको बैठकमा कांग्रेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छाड्न पनि राजी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब एकीकृत समाजवादीले पाउनेछ। बिहीबारको सहमितअनुसार कांग्रेसले गृह, परराष्ट्र, रक्षा, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने भएको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले अहिले भएका अर्थ एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको छ। नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ।

जनता समाजवादी पार्टी (जसपा)ले संघीय मामिला तथा समान्य प्रशासन, भौतिक पूर्वधार तथा यातायात, वन तथा वातावरण र कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved