कञ्चनपुरमा भारतीय तस्करको समूहबाट कुटिए सशस्त्र प्रहरी

  • आश्विन ५, २०७८
  • हाम्रो कालापानी
alt

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले निर्घात कुटपिट गरेको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन्।

तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले तरस्करी नियन्त्रणका क्रममा ढुंगामुढा प्रहार गरेको बताए। ‘सशस्त्र प्रहरीका केही जवानमाथि कुटपिट भएको छ,’ ऐरले दिनेशखबरलाई भने, ‘नियन्त्रणमा लिने प्रयास गरेका थियौँ तर सबै भागेका छन्।’ उनका अनुसार सोमबार राति ८ बजे नेपाल–भारत सीमा क्षेत्रमा उक्त घटना भएको हो।

नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसारपसार गरिरहेको समयमा सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो। तर समूहमा आएका तस्करले सशस्त्र प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेर गएको गरेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved