पीएल सिंहले अस्वीकार गरे संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’

  • आश्विन ३, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरेको ‘सुप्रशिद्ध प्रवल जनसेवाश्री’ अस्वीकार गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएलगत्तै पूर्वमन्त्रीसमेत रहेका सिंहले  भने, ‘यो सम्मान ग्रहण गर्नु मेरो नैतिक मान्यताविरुद्ध छ । मैले २०४७ को संविधानको षड्यन्त्रपूर्ण हत्यापछि ल्याइएको यो संविधानलाई स्वीकार गरेको छैन। त्यसैले यो संविधानअन्तर्गत दिइएको यो विभूषण मलाई स्वीकार्य छैन।’

राज्यका नाममा दिइने सम्मान स्वीकार, अस्वीकार तथा बहिष्कार गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै आफूले यो निर्णय गरेको सिंहले बताए।

२०६३ वैशाख ११ गते विघठित प्रतिनिधिसभा व्युँताइएपछि त्यसको वैधानिकता र नैतिक हैसियतलाई प्रश्न गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सिंहले सदनमा उपस्थित नहुने अडान लिएका थिए।

सिंह सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पनि हुन्। भट्टराईलाई यसपल्ट सरकारले ‘नेपाल रत्न’ द्वारा विभूषित गर्ने निर्णय गरेको छ। यो सबैभन्दा ठूलो विभूषण हो। सिंहले अस्वीकार गरेको सुप्रसिद्ध प्रवल जनसेवाश्री चौथो ठूलो विभूषण हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved