सुदूरपश्चिममा शनिबार एक जनाको मृत्यु, ४६ जनामा कोरोना पुष्टि

  • आश्विन २, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । सुदूरपश्चिममा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५० वर्षिय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ सय २७ जनाको परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ९९ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना संक्रमित पाइएका छन् भने, ८ सय २८ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७६ जनाको कोरोना परीक्षण भएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेल्धुरा अस्पतालमा १४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३५ हजार ७ सय १५ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ८ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ८९ जनाले ज्यान गुमाइसकेको छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पूर्वराजपरिवारको जमघ ...

शाहवंशीय राजसंस्था हटेसँगै त्यस परिवारकी बुहारी पूर्व युवराज्ञी हिमानी शाहले आफूलाई सामाजिक अभियानमा ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक ...

बाढी पहिरोबाट मृत्यु ...

काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved