प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

  • भदौ २९, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोजसम्मका लागि स्थगित भएको हो।

आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए।

सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै लिए। संशोधनसहितको बजेट पास हुनै बाँकी छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्।

एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ। एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको छ।

यस्तै बैठकले दुई वटा शोक प्रस्ताव समेत पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार विहान ११ बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved