दशैंको टिकट बुकिङबारे छलफल सुरु, असोज दोस्रो सातादेखि खुल्न सक्ने

  • भदौ २९, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीले दशैं नजिकिंदै गएपछि अग्रिम टिकट बुकिङबारे छलफल थालेको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले यातायात व्यवसायीहरूसँग मंगलबारदेखि छलफल सुरु गरेको बताए।

भुसालका अनुसार असोजको दोस्रो सातादेखि बुकिङ खोल्ने कि भन्ने छ। तर‚ अहिले नै केही निर्णय नभएको उनले बताए। ‘छलफल भइरहेको छ,’ प्रवक्ता भुसालले भने‚ ‘अबको एक दुई दिनमा कहिलेबाट खोल्ने समयको टुंगो लाग्छ।’

दशैँको बेला यात्रुलाई सुरक्षित ढंगले गन्तब्य सम्म पुर्‍याउने उनको भनाइ छ। कोभिड-१९ महामारीभन्दा अगाडि दशैंमा करिब २१ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए। तर‚ कोभिड संक्रमण फैलिएपछि गत वर्ष उपत्यका छाड्नेको संख्या घटेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved