कहिल्यै पार्टी नफुटाउने कमल थापाको प्रतिज्ञा

व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न कार्यकर्तालाई थापाको आग्रह

  • भदौ २८, २०७८
  • हाम्रो कालापानी
alt

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन् । अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे ।

Capture

उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई बिस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए ।

pasuatii

उनले नेपालका ठूला पार्टी भनेको नमूना भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताए । अध्यक्ष जबराले यो मुलुकलाई भ्रष्टले चलाउन नसक्ने बताए । उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीले इमान र धर्म भएको नेतृत्व प्रदान गरी सरकार चलाउने दाबी गरे ।

s

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved