सुदूरपश्चिममा नेकपा समाजवादी रोज्ने सांसद १४ पुगे, पहिलो दल बन्यो

  • भदौ २१, २०७८
  • हाम्रो कालापानी
alt

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ। यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज (सोमबार) थप एक जनाले सनाखत गरेका हुन्। आज प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्।

उनी बझाङकी समानुपातिक सांसद हुन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएकी उनले पार्टी विभाजनसँगै आज औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेकी हुन्।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन्।

एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ। विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए।

उनीहरुले नेकपा एमालेमै रहने बताएका छन्। सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने जनाएको छ।

यससँगै, सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा (एस) का १४, नेकपा एमाले ११, नेपाली कांग्रेस १२ र जसपाका २ सांसद हुनेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved