दार्चुलाका विद्यालय खुल्ने

  • भदौ २०, २०७८
  • हाम्रो कालापानी
alt

प्रकाश चन्द्र भट्ट, दार्चुला ।कोरोनाका कारण लामो सयमदेखि बन्द रहेका विद्यालय खुल्ने भएका छन् । दार्चुलामा विद्यालय संचालन गर्न अनुमति दिइएको छ ।

आइतबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय संचालन गर्न सकिने निर्णय गरेको हो । विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने जनाइएको छ । त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्नेछन् । शैक्षिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved