मेम्फिस डिपेको शानदार जित प्रदर्शनमा नेदरल्याण्ड्सको जित

  • भदौ २०, २०७८
  • हाम्रो कालापानी
alt

मेम्फिस डिपेको शानदार प्रदर्शनमा विश्वकप फुटबलको छनौट अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्ड्स विजयी भएको छ ।
नेदरल्याण्ड्सले मोन्टेनेग्रोलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्ड्सका लागि डिपेले ३८ औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । उनले ६२ औँ मिनेटमा अग्रता दोब्बर पारे ।

जर्जिनिओ विनाल्डमले ७० औँ मिनेटमा तथा कोडी गाक्पोले ७६ औँ मिनेटमा गोल गरे । जितपछि पाँच खेलबाट १० अंकसहित नेदरल्याण्ड्स समूह जीको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकियो । समूह डी को शीर्ष स्थानमा रहेको फ्रान्सको ९ अंक छ ।

अरु खेलमा स्कटल्याण्डले माल्डोभा, फिनल्याण्डले काजखस्तान, स्लोभेनियाले माल्टा तथा डेनमार्कले फारोइ आइल्याण्डलाई समान १–० ले पराजित गरेका छन् ।

यस्तै सर्बियाले लग्जम्बर्गलाई ४–१ तथा नर्वेले साइप्रस र रुसले साइप्रसलाई समान २–० ले पराजित गरेका छन् । यसैगरि इजरायलले अस्ट्रियालाई ५–२ तथा टर्कीले जिब्रालटारलाई ३–० ले पराजित गरेको छ । यस्तै रिपब्लिक अफ आयरल्याण्ड र अजरबैजानले १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved