ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको मोटरसाइकलको ठक्करबाट मृत्यु

  • श्रावण २६, २०७८
  • हाम्रो कालापानी
alt

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको मोटरसाइकलको ठक्करबाट सोमबार राति मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा सोमबार राती ८ बजेको समयमा पैदल हिड्दै गरेका वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटर साईकलले ठक्कर दिएको हो । मोटरसाइकलको ठक्कर पछि गम्भीर घाईते भएका वाग्लेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो ।

उपचारकै क्रममा उनको राति मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक सुनवल नगरपालिका १ प्रगतिटोलका दिपेन्द्र पुन मगर पनि गम्भिर घाईते छन् । उनको पनि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जनाएको छ । वाग्ले काठमाडौ बसुन्धाराका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved