राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलराम थापाको निधन

  • श्रावण १७, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, केन्द्रीय सदस्य बलराम थापाको काठमाडौंमा उपचारका क्रममा आज निधन भएको छ । तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । ५५ वर्षीय थापाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार भएको र वार्डमा सारिएको थियो । तर अचानक निमोनिया संक्रमण बढेपछि अवस्था नाजुक बनेको थियो ।

राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा केन्द्रीय कार्यसम्पादन समिति सदस्य, नवलपुर जिल्लाका राष्ट्रवादी नेता बलराम थापाको असामयिक निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउँदै राप्रपाले एक प्रतिबद्ध योद्धा गुमाएको उल्लेख गरेका छन् । यसैगरी राप्रपा अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले थापाको निधनबाट राप्रपाले अविचलित राष्ट्रवादी योद्धा गुमाएको बताएका छन् । राप्रपा वरिष्ठ नेता दिपक बोहराले थापाको निधनबाट पार्टीले कुशल संगठक र आफूले असल सहकर्मी गुमाएको बताएका छन् ।

थापालाई नवलपुरबाट हेलिकप्टरमा काठमाडौं ल्याउने र थापाको उपचारमा अनवरत क्रियाशील रहेका तथा नवलपुरलाई राजनीतिक कार्यक्षेत्र बनाएका राप्रपा नेताहरू निलकण्ठ काफ्ले, हेमजङ्ग गुरुङ र विन्दु पौडेलले थापा पार्टीको इमानदार सिपाही, कुशल संगठक, मृदुभाषी र लोकप्रिय रहेको सम्झँदै उनको निधनबाट नवलपुरको पार्टी संगठनलाई अपुरणीय क्षति पुगेको बताउँछन् । थापाको आज अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ । थापाको दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved