बेइजिङमा ‍९० प्रतिशतभन्दा बढी वयस्कले लगाए कोभिड बिरूद्धको खोप

  • श्रावण ६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले जनाएका छन्।

प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ। यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९० दशमलब ६ प्रतिशत हो।

नगरपालिका प्रशासनले भनेको छ,चिनियाँ राजधानीमा जन-खोप अभियान अन्तर्गत कोभिड विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ। यो सङ्ख्या वयस्क सङ्ख्याको ९५ दशमलब ६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ।

बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved