बागलुङमा घरेलु मदिरा सेवनबाट ४ मजदुरको मृत्यु, २ गम्भीर बिरामी

  • श्रावण ५, २०७८
  • हाम्रो कालापानी
alt

बागलुङ । बागलुङमा घरेलु मदिरा सेवनबाट चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए ।

मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका-५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरूको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो ।

गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved