पर्सामा रहेका १७० वटा सीमा स्तम्भ मध्ये तिनवटा सीमा स्तम्भ बाढीले बगायो

६ वटा जड्डे पिलर, दुईवटा मझौला पिलर र ११ वटा सानो पिलर मरम्मत गर्नुपर्ने अवस्थामा

  • श्रावण ५, २०७८
  • हाम्रो कालापानी
alt

पर्सा । नेपाल भारत सीमा अन्तर्गत पर्सा जिल्लामा रहेका १ हजार ७० वटा सीमास्तम्भमध्ये तीनवटा सीमास्तम्भ बाढीले बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले यो वर्षको बाढीले वीरगंजदेखि ठोरीसम्म १०७ किलोमिटर लामो सीमामा रहेका तीनवटा सीमास्तम्भ बगाएको बताए ।

नापी कार्यालयको तथ्यांक अनुसार १ हजार ७० वटा सीमास्तम्भ हुनुपर्नेमा ११ वटाको यकीन नभएको र १ हजार ५९ वटा पिलरमध्ये तीनवटा बगाएको पाइएको हो । भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा ४९ वटा जड्डे पिलर, ६९ वटा मझौला पिलर र ९४१ वटा सानो पिलर रहेको तथ्याङ्क छ ।

यसमध्ये ६ वटा जड्डे पिलर, दुईवटा मझौला पिलर र ११ वटा सानो पिलर मरम्मत गर्नुपर्ने अवस्थामा रहेको प्रवक्ता खनालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved