आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३३ रनले विजयी

  • श्रावण ५, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए ।

लुंगी एनजीडी र जर्ज लिन्डेले २र२ विकेट लिए । डुब्लिनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन जोडे ।

डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए । आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २र२ विकेट लिए । जितसँगै तीन खेलको टी-ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved