देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरे ओली

  • श्रावण ३, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरेका छन्।

बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन्। सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए। ओली पक्षका सांसदले प्रधानमन्त्री देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। अहिले मतदान जारी छ।

देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्ने भन्दै देउवाले ओली बोल्दा आफू सँधै आउने गरेको तर ओली नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved