जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज

  • श्रावण ३, २०७८
  • हाम्रो कालापानी
alt

काठमाण्डौ । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर-जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुँदैछ । रेल खरिद गरी ल्याइएको १० महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि रेल्वे ट्रयाकमा आइतवार ‘ट्रयाक स्पीड’ परीक्षण गरिने जानकारी दिए ।

उनका अनुसार भारतको इस्ट–सेन्ट्रल रेल्वे कम्पनीको डिजल लोकोमोटिभ रेल आज प्रतिघण्टा ६० किलोमिटरको गतिमा भारतको जयनगर रेल्वे स्टेशनबाट जनकपुर आइपुग्ने छ र जनकपुरबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा जयनगर फर्किने छ ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न सबैलाई सार्वजनिक सूचना गर्नुका साथै जनकपुरदेखि भारतको सिमानासम्मको रेल्वे लिकको वरिपरि सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved