सुजिताको शव ट्वाइलेटको खाडलमा भेटियो

 मारिसकेपछि टुक्रा टुक्रा गरेर विभिन्‍न स्थानमा गाडेको आशंका

  • असार २७, २०७८
  • हाम्रो कालापानी
alt

महोत्तरी । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भमरपुराकी सुजिता ठाकुरको शव फेला परेको छ । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सुजिताको माइतीपक्षले शव पहिचान गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाँडल खन्दा कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो तर शव फेला परेको थिएन । सुजिताको गएको जेठ २० गते हत्या भएको थियो । महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved