फेरी उकालो लाग्यो कोरोना संक्रमण दर

  • असार २४, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको छ । बुधबार ७ हजार ८ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जना अर्थात् २६/५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

यो पछिल्लो एक सातामा देखिएको सबैभन्दा बढी संक्रमण दर हो । आइतबार २१/३६, सोमबार २३/२६ र मंगलबार २२/८९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । यो तथ्यांकले तेस्रो लहरको स्पष्ट संकेत गरेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार बहुसंख्यक नागरिकलाई खोप नपुर्‍याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा र संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी नआएको हो ।

‘१०-२० जनामा संक्रमण देखिए देशभर फैलिन सक्ने स्थितिमा अझै दिनहुँ करिब दुई-तीन हजारमा संक्रमण देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले भने, ‘निषेधाज्ञाताका घरभित्रै परिवारबीच रहेको भाइरस हाल खुला भएर समाजमा पुनः फैलिन थालेको छ ।’ सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा समस्या देखिएको उनले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जना पोजिटिभ निस्किन्थे । जसलाई आइसोलेसनमा बसाउँदा समाजमा संक्रमण फैलने र बढ्ने सम्भावना घट्थ्यो,’ उनले भने ।

छाती दुख्ने, सास फेर्न गाह्रो हुनेलगायत गम्भीर बिरामी मात्र परीक्षण गराउन गइरहेका छन् । निषेधाज्ञाको समयमा कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआर परीक्षणको दायरा बढाएको भए हाल दैनिक संक्रमित पाँच सयभन्दा कम हुन सक्ने डा। मरासिनीले दाबी गरे । ‘सरकारले आईसीयू, भेन्टिलेटरमा एक जना बिरामीका लागि १० लाखभन्दा बढी खर्च गर्ने तर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण नगर्दा तेस्रो लहर आउने निश्चित छ,’ उनले भने । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा। जीडी ठाकुर दैनिक संक्रमण दर एक चौथाइभन्दा बढी देखिनु नराम्रो संकेत भएको बताउँछन् ।

‘कम्तीमा ६० प्रतिशत जनसंख्यामा खोप लगाइसकेपछि मात्र संक्रमणको पुनः विस्तार हुने सम्भावना धेरै न्यून हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा बहुसंख्यक नागरिकमा दुवै मात्रा खोप लगाउनै धेरै समय लाग्ने देखिएको छ ।’ कन्ट्याक्ट ट्रेसिङबाट देखिएका लक्षण भएका र नभएकालाई अनिवार्य आइसोलेसनमा न्यूनतम १० दिन राख्न उनले सुझाए । उनका अनुसार यस्तो आइसोलेसन सरकारले निर्माण गरेको वा व्यक्ति विशेषले विशेष मापदण्डसहित घरमै तयार पारेको हुनुपर्छ ।

विज्ञका अनुसार हाल मृत्यु कम देखिए पनि संक्रमणले थला परेर जटिल अवस्थामा नपुग्दासम्म परीक्षण गराउन जानेको संख्या पनि निकै कम छ । मृत्युभन्दा संक्रमण दर र अस्पताल भर्ना हुने दरले संक्रमण पुनः विस्तारको चरणमा रहेको डा। मरासिनीले बताए ।

सरकारी तथ्यांकअनुसार बुधबारसम्म सक्रिय संक्रमित २६ हजार ५ सय ४४ अर्थात् ४/०८ प्रतिशत छन् । ५ सय ७१ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३ सय २८ जना आईसीयू र ९४ जना भेन्टिलेटरमा छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ५५ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् ।

कुल सक्रिय संक्रमितमध्ये झन्डै आधा वाग्मती प्रदेशमा छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार कुल संक्रमितको ४३/५६ प्रतिशत अर्थात् ११ हजार ५ सय ६३ सक्रिय संक्रमित वाग्मतीमै छन् । प्रदेश १ मा १८/८९ प्रतिशत, गण्डकीमा १३/१६, प्रदेश ५ मा ९/३६, प्रदेश २ मा ५/६०, कर्णालीमा ४/८२ र सुदूरपश्चिममा ४/५८ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved